४ भदौ, काठमाडौं । बैंकिङ प्रणालीमा तरलता अधिक नगद धेरै भएपछि नेपाल राष्ट्र बैंकले त्यसलाई व्यवस्थापन गर्न आज ३० अर्ब रुपैयाँ निक्षेपको रूपमा तान्ने भएको छ ।
यो भदौ महिनामा राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न निक्षेप संकलन गर्न लागेको यो दोस्रो पटक हो । यो निक्षेपको ब्याजदर बैंक तथा वित्तीय संस्थाहरूले आफैँ बोलकबोल गरेर तोक्नेछन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म अनलाइनमार्फत आवेदन दिन सक्छन्। न्यूनतम र अधिकतम रकमस् सहभागी हुन चाहने संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सक्छन्, तर यो रकम ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी हुनुपर्छ ।
सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई पहिलो प्राथमिकतामा राखिनेछ। यस निक्षेपको साँवा र ब्याज भुक्तानी भदौ २९ गते हुनेछ। यो कदमले बैंकिङ प्रणालीमा रहेको अतिरिक्त तरलतालाई नियन्त्रण गर्न सहयोग पुग्ने राष्ट्र बैंकको भनाइ छ।















