Logo

४ भदौ, काठमाडौं ।  नेपालमा रोजगारीका अवसर कम हुँदा विदेश जाने नेपालीको संख्या बढ्दो छ।

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मात्रै ६८ हजार ११० जना नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन्। यो संख्यामा पुरुषको हिस्सा ठूलो छ  । एक महिनामा ५८ हजार ९४८ पुरुषले स्वीकृति लिएका छन् भने ९ हजार १६२ जना महिला रहेका छन् ।

वैदेशिक रोजगारीका जोखिमहरू

वैदेशिक रोजगारीको आकर्षण बढ्दै गए पनि यसमा ठगी र अन्य जोखिमहरू पनि उत्तिकै छन् । साउन महिनामा मात्रै ५८० वटा ठगीका उजुरी परेका छन्, जसमध्ये ७४ वटा मिलापत्र गरिएको छ र २६ वटा मुद्दा अदालतमा पुगेका छन् । यसैबीच, विदेशमा ज्यान गुमाउने नेपालीको संख्या पनि बढ्दो छ । गत आर्थिक वर्षमा विदेशमा ज्यान गुमाएका ४८१ जना नेपालीको शव नेपाल ल्याइयो। साउनमा मात्रै ३९ जनाको शव ल्याइएको छ।
यस्तै, नेपालमा काम गर्न आउने विदेशीको संख्या पनि उल्लेख्य छ। साउनमा ९८ जना विदेशीले श्रम स्वीकृति लिएका छन् भने ९४ जनाले नवीकरण गराएका छन्।


सम्बन्धित समाचार