Logo

फागुन १९ वीरगञ्ज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ भेडियाहीमा रहेको आधारभुत बिधालयमा निर्माण हुन गईरहेको दुई कोठे भवनको शुक्रबार शिलान्यास गरिएको छ ।

श्री शारदा आधारत बिधालय भेडियाहीमा १८ लाखको लागतमा निर्माण हुने भवनको वडा नम्बर ३१ का वडाध्यक्ष जितेन्द्र यादवले एक कार्यक्रमकाबीच शिलान्यास गरेका हुन ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्र्तगत उक्त भवन ६ महिना भित्रै निर्माण सम्पन्न हुने वडाध्यक्ष यादवले जानकारी दिए । भवन निर्माणपछि बालबालिकालाई पठनपाठनमा अझै सहज हुने उहाँको भनाई छ ।

भवन निर्माण समितिका अध्यक्ष मोहन गौरोको अध्क्षतामा सम्पन्न भएको शिलान्यास कार्यक्रममा वडा सदस्यहरु बिरेन्द्र राय थारु,शेख अमिरुल हसन,महिला वडा सदस्य नुरमती पासवान फुलमति देबी नुनिया,बिधालय ब्यावस्थापन समितिका अध्यक्ष बालेश्वर गौरो, शेख महमद हैदर बिधालयका शिक्षक स्थानीय भद्र भलादमीहरु लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार