प्रतिनिधि सभा निर्वाचन २०८२
दिन बाँकी
Radio
Logo

८ भदौ, काठमाडौं । नेपालको अर्थतन्त्रमा रेमिट्यान्सको योगदान थप बलियो बन्दै गएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार, आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १९ दशमलव २ प्रतिशतले बढेर १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यो वृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा बढी हो । कुल रेमिट्यान्स १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ हुदा वृद्धिदर १९ दशमलव २ प्रतिशत पुगेको छ ।

गत वर्ष १६ दशमलव ५ प्रतिशत थियो । अमेरिकी डलरमा वृद्धि १६ दशमलव ३ प्रतिशतले बढेर १२ दशमलव ६४ अर्ब डलर पुग्यो। खुद द्वितीय आय १८ खर्ब ७४ अर्ब ३० करोड रुपैयाँ पुग्यो, जुन अघिल्लो वर्षभन्दा उल्लेख्य बढी हो। नयाँ श्रम स्वीकृति ५ लाख ५ हजार ९५७ जना छन् । गत वर्ष ४ लाख ६० हजार १०२ जना थियो । पुनः श्रम स्वीकृति ३ लाख ३३ हजार ३०९ जना रहेका छन् । गत वर्ष २ लाख ८१ हजार १९५ जनाले लिएका थिए् ।

यो वृद्धि किन महत्त्वपूर्ण छ?

वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या बढ्दै जाँदा रेमिट्यान्सको आप्रवाह पनि बढिरहेको छ। यसले नेपालको विदेशी मुद्रा सञ्चिति बढाउनुका साथै अर्थतन्त्रलाई स्थिर राख्न महत्त्वपूर्ण भूमिका खेलेको छ। रेमिट्यान्समा भएको यो वृद्धिले देशको भुक्तानी सन्तुलनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

 

 

 

 


सम्बन्धित समाचार