काठमाडौं । रौतहटको माधव नारायण नगरपालिका–२ की २६ वर्षीया रुबीकुमारी साहको रहस्यमय हत्या प्रकरणमा प्रहरीले अनुसन्धानलाई तीव्र पारेको छ ।
गौर–सिरसिया सडकखण्डमा सुटकेसभित्र उनको शव फेला परेपछि प्रहरीले हत्यामा संलग्न भएको आशंकामा एकजना संदिग्ध व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्रहरी स्रोतका अनुसार, पक्राउ परेका व्यक्ति रुबीको हत्यामा प्रत्यक्ष संलग्न भएको पुष्टि गर्ने केही महत्वपूर्ण प्रमाणहरू फेला परेका छन्। सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएका छौं, र उनीविरुद्ध केही सबुत हात लागेका छन्, एकजना अनुसन्धान अधिकृतले बताए ।
गत शनिबार गौर बजार जाने भन्दै घरबाट निस्किएकी रुबी सोही रात बेपत्ता भएकी थिइन् । राति करिब १० बजे स्थानीयले सडकमा शंकास्पद अवस्थामा भेटेको सुटकेसभित्र आइतबार बिहान उनको शव फेला परेको थियो ।
प्रहरीले अहिले पक्राउ परेका व्यक्तिसँग सोधपुछलाई थप गहिरो बनाएको र थप प्रमाण संकलन गरिरहेको छ।















