Logo

१० भदौ,काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेशअनुसार अगस्ट २७ बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाइने भएको छ। यसअघि नै अमेरिकाले अगस्ट महिनामा भारतीय आयातमाथि कुल भन्सार दर ५० प्रतिशत पु¥याइसकेको थियो।

अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहनु राष्ट्रिय सुरक्षाको लागि चिन्ताको विषय रहेको बताएको छ। अमेरिकी गृह सुरक्षा विभागले भन्सार तथा सीमा सुरक्षा मार्फत सार्वजनिक सूचना जारी गर्दै यो नयाँ कर घोषणा गरेको हो।
ट्रम्पको यो कदमको उद्देश्य रुससँग अझै पनि व्यापार सम्बन्ध कायम राख्ने देशहरूमाथि दबाब बढाउनु रहेको विश्लेषकहरूले बताउँछन्।

यस निर्णयको विरोध गर्दै भारतीय विदेश मन्त्रालयले यसलाई “अनुपयुक्त, अनावश्यक र तर्कहीन” भएको बताउँदै कडा आपत्ति जनाएको छ। यो कदमले दुई देशबीचको व्यापार सम्बन्धमा नयाँ तनाव सिर्जना हुन सक्ने छ।


सम्बन्धित समाचार