Logo

११ भदौ,काठमाडौं । उत्तर भारतमा भीषण वर्षा र त्यसपछिको बाढी तथा पहिरोका कारण जनजीवन प्रभावित भएको छ। विशेषगरी जम्मू क्षेत्र, हिमाञ्चल प्रदेश र पञ्जाबमा ठूलो मानवीय र भौतिक क्षति पुगेको छ।
बीबीसीले जनाएअनुसार, जम्मू क्षेत्रमा मात्रै कम्तीमा ८ जनाको मृत्यु भएको छ भने धेरै यात्रुहरू घाइते भएका छन्।

भारी वर्षाका कारण प्रसिद्ध धार्मिक स्थलहरू वैष्णोदेवी र शिवखोड़ीको यात्रा अस्थायी रूपमा स्थगित गरिएको छ। कटरा मार्गमा मात्रै ५ जनाको ज्यान गएको पुष्टि भएको छ। डोडा जिल्लामा बाढीले ३ जनाको मृत्यु गराएको छ।
राहत तथा उद्धारका लागि सेना र एनडीआरएफका टोलीहरू खटिएका छन्। बाढीका कारण जम्मू–कटरा सडक बन्द गरिएको छ भने १८ वटा रेल सेवा रद्द गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

हिमाञ्चलमा नदी उफानिँदा राजमार्ग बगायो

हिमाञ्चल प्रदेशको ब्यास नदी उफानिँदा चण्डीगढ–मनाली राजमार्गको ठूलो भाग बगाएको छ। कुल्लु, मनाली, काँगडा र ऊना जिल्लामा ठूलो क्षति पुगेको छ। स्थानीय प्रशासनले पर्यटकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
पछिल्लो जोखिमको मूल्यांकन गर्दै पञ्जाब सरकारले २७ अगस्टदेखि ३० अगस्टसम्म सबै विद्यालय बन्द गर्ने निर्णय लिएको छ।


सम्बन्धित समाचार