१२ साउन, काठमाडौं । बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३८ दशमलव १० अंकले घटेर २७८१ मा पुगेको छ।
बुधबार २८१९ अंकमा बन्द भएको बजार, बिहीबार दिनभरको उतारचढावपछि अन्ततः २८०० भन्दा तल झरेको हो । बजार घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ। अघिल्लो दिन ७ अर्ब ६८ करोडको कारोबार भएकोमा बिहीबार ८ अर्ब ९ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन, २२७ कम्पनीको मूल्य घट्दा जम्मा २४ कम्पनीको मात्रै मूल्य बढेको छ। निर्जीवन बीमाबाहेक सबै सेक्टरका सूचक घटेका छन्।















