Logo

१४ भदौ,वीरगञ्ज । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज मिति २०८२÷०५÷१४ गते वीरगंज महानगरपालिका–१६ स्थित नयाँ बसपार्कको पूर्वपट्टि रहेको फुलवारी टोलमा एक बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका, राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र, आदर्श नगरको संयुक्त आयोजनामा भएको यस कार्यक्रममा विभिन्न प्रजातिका ५० वटा बिरुवा रोपिएका छन्।

बिहान ७ः३० बजे सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्य वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेश मान सिंहले गरेका थियो। कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले गरेका थियो।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की, सशस्त्र प्रहरी उपरीक्षक पुरन चन्द्र भट्ट लगायतका सुरक्षा निकायका पदाधिकारीहरू, नागरिक समाजका अगुवाहरू, समाजसेवी, सञ्चारकर्मी र सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

करिब २५० जनाको सहभागितामा भएको यस कार्यक्रमले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनमा जोड दिएको छ । वृक्षारोपण कार्यक्रमले समुदाय र प्रहरीबीचको सहकार्यलाई थप बलियो बनाउनुका साथै वीरगंजलाई हरियाली बनाउने अभियानमा महत्त्वपूर्ण योगदान पु¥याएको खेतानले बताए ।


सम्बन्धित समाचार