Logo

१४ भदौ,काठमाडौं । सरकारले दिनुपर्ने अनुदान रकम कटौती गरेको भन्दै आक्रोशित उखु किसानहरूले भदौ २५ गतेदेखि अनिश्चितकालीन रूपमा राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने घोषणा गरेका छन्।

उखु उत्पादक महासंघ, नेपालको अगुवाइमा १३ जिल्लाका किसानहरू भदौ ८ गतेदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना र विरोध प्रदर्शनमा छन्। उनीहरूले सरकारले आफ्नो मागप्रति गम्भीर ध्यान नदिएको आरोप लगाउँदै अब आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन्।

सरकारले जिम्मेवारी लिनुपर्ने किसानको चेतावनी

किसानहरूका अनुसार, सरकारले दिने भनिएको अनुदान रकममा बदनीयतपूर्ण रूपमा कटौती गरिएको छ। उनीहरूले अनुदान रकमको पूर्ण भुक्तानी, उखुको मूल्य निर्धारणका क्रममा किसानको सहभागिता सुनिश्चित गर्ने, र उखु खरिद प्रक्रिया पारदर्शी बनाउन सरकारलाई पटक–पटक माग गर्दै आएका छन्।

उनीहरूले चेतावनी दिँदै भनेका छन्, “राजमार्ग अवरुद्ध हुँदा आम नागरिकलाई पर्न जाने प्रतिकूल असरको सम्पूर्ण जिम्मेवारी सरकारकै हुनेछ।”

उखु किसानहरूको आन्दोलन स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारबाट पटक–पटक उपेक्षा भएको अनुभूतिका आधारमा देशभरिका किसानहरू एकजुट हुँदै गएका छन्। उखु उत्पादक महासंघका अनुसार, यदि सरकारले शीघ्र कदम नचाले, आन्दोलन अझ व्यापक र निर्णायक हुने छ।


सम्बन्धित समाचार