१५ भदौ,काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आइतबार (भदौ १५) सुनको भाउ एकै दिन ३ हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६ सय रुपैयाँ तोकिएको छ। शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमानी वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला ६५ रुपैयाँले बढेर २४२५ रुपैयाँ पुगेको छ। यसअघि चाँदी २३६० रुपैयाँमा कारोबार भएको थियो।















