१६ भदौ,काठमाडौं । अफगानिस्तानमा सोमबार बिहान शक्तिशाली भूकम्प गएको छ। ६.३ रिक्टर स्केलको यो भूकम्प भारतीय समय अनुसार राति १२ः४७ बजे महसुस गरिएको थियो। भूकम्प ३४.५०ड्ढ उत्तर अक्षांश र ७०.८१ड्ढ पूर्व देशान्तरमा, करिब १६० किलोमिटर गहिराइमा केन्द्रित भएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (ल्ऋक्) ले जनाएको छ।
भूकम्पपछि सोही क्षेत्रमा ४.७, ४.३ र ५.० रिक्टर स्केलका पराकम्पनहरू पनि अनुभव गरिएको छ। तीमध्ये ५.० रिक्टर स्केलको पराकम्प सतहभन्दा ४० किलोमिटर गहिराइमा केन्द्रित भएकाले बढी शक्तिशाली महसुस गरिएको बताइएको छ।
भूगर्भविद्हरूका अनुसार मध्यम गहिराइ (३०–७० किलोमिटर) मा केन्द्रित भूकम्पहरू सतहमा बढी तीव्र कम्पन ल्याउने भएकाले संरचनागत क्षति र जनधनको जोखिम उच्च हुने गर्छ।
भूकम्पीय दृष्टिले संवेदनशील क्षेत्र
अफगानिस्तान भूकम्पीय रूपमा अत्यन्त संवेदनशील मानिन्छ। हिन्दु कुश हिम श्रृंखला भित्र पर्ने यो भूभाग भूगोलका दृष्टिले सक्रिय क्षेत्र हो। भारतीय प्लेट र युरेसियन प्लेटबीचको टकरावमा पर्ने भएकाले यहाँ पटक–पटक शक्तिशाली भूकम्प जानु स्वाभाविक रहेको अन्तर्राष्ट्रिय रेडक्रसले जनाएको छ।
हेरात क्षेत्र हुँदै एक प्रमुख भ्रंश रेखा (ाबगति ष्लिभ) गुज्रिएको कारण पनि यो क्षेत्र थप जोखिममा रहेको जनाइएको छ।
हालसम्म धेरै क्षेत्रबाट कम्पन महसुस भएको पुष्टि भए पनि मानविय वा भौतिक क्षतिको विस्तृत विवरण आउन बाँकी छ। स्थानीय सञ्चारमाध्यम र अन्तर्राष्ट्रिय निकायहरूले भूकम्पको असरको मूल्याङ्कन गर्दै घटनास्थलमा निगरानी जारी राखेका छन्।

















