१६ भदौ,काठमाडौं । सुनको मूल्यले नेपाली बजारमा पुनः नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँ पुगेको छ।
केही दिनदेखि लगातार उकालो लाग्दै आएको सुनको भाउले आज फेरि ऐतिहासिक उचाइ छोएको हो। शुक्रबार सुनको मूल्य २ लाख ६ सय रुपैयाँ पुगेको थियो भने आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्यमा पनि नयाँ उचाइ
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन प्रतितोला २४२५ रुपैयाँ रहेको चाँदी आज २४७० रुपैयाँ पुगेको महासंघले जनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो।
“डॉलरको उतारचढाव, अन्तर्राष्ट्रिय अस्थिरता र लगानीकर्ताको विश्वास सुनमा केन्द्रित हुँदा मूल्य निरन्तर बढिरहेको छ,“ । सुनचाँदीको लगातार मूल्यवृद्धिले आभूषण व्यवसाय प्रभावित बनेको व्यवसायीहरू बताउँछन्। ग्राहकको माग घट्दै गएको र ठूलो परिमाणमा कारोबारमा कमी आएको उनीहरूको भनाइ छ।















