Logo

२० भदौ, काठमाडौं । सुनको मूल्यले आज शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २ हजार ५०० रुपैयाँले बढी हो । बिहीबार सुन प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। पछिल्लो एक सातामै सुनको मूल्यमा करिब १० हजार रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ६०० रुपैयाँ थियो ।

सुनसँगै चाँदीको मूल्यले पनि नयाँ कीर्तिमान बनाएको छ। आज चाँदीको भाउ प्रतितोला २ हजार ४९० रुपैयाँ पुगेको छ, जुन अघिल्लो दिनको मूल्यभन्दा १० रुपैयाँ बढी हो। बिहीबार चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो।

 

 

 

 

 

 


सम्बन्धित समाचार