Logo

काठमाडौं । नेपालमा दर्ता भएका सवारीसाधनको कुल संख्या ५८ लाख ५० हजारभन्दा बढी पुगेको छ। यातायात व्यवस्था विभागको तथ्यांकअनुसार, गत आर्थिक वर्ष २०८१र८२ सम्ममा यो संख्याले देशभरका सडकमा गुड्ने सवारीसाधनको चाप देखाउँछ।

कुल सवारीसाधनमध्ये सबैभन्दा ठूलो हिस्सा मोटरसाइकलले ओगटेको छ। विभागको तथ्यांकअनुसार, हालसम्म ४७ लाख ४४ हजार ७२ मोटरसाइकल दर्ता भएका छन्, जुन कुल संख्याको करिब ८१५ हो । विभागको तथ्यांकले प्रजातन्त्र आएको वर्ष २०४६र४७ देखि हालसम्म सवारीसाधनको संख्यामा उल्लेख्य वृद्धि भएको देखाउँछ। त्यसबेला देशभर ७६ हजार ३ सय ७८ सवारीसाधन मात्र थिए । गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै २ लाख ४२ हजार ४ सय ४१ नयाँ सवारीसाधन थपिएका छन्, जसमा १ लाख ९६ हजार २ सय ११ मोटरसाइकल रहेका छन्। यसले नेपाली बजारमा मोटरसाइकलको अत्यधिक माग रहेको पुष्टि गर्छ।

प्रमुख तथ्यांकहरू

कुल सवारीसाधन-५८ लाख ५० हजार ४ सय ३२

मोटरसाइकल-४७ लाख ४४ हजार ७२

काररजीपरट्याक्सी- ३ लाख ६६ हजार ७ सय २३

बस- ७१ हजार ५ सय ७७

ट्याक्टर- १ लाख ९० हजार ६४

टेम्पो-१ लाख ११ हजार ३ सय ५२

ई-रिक्सा-७३ हजार ६ सय ६

 

 

 

 

 


सम्बन्धित समाचार