Logo

२४ भदौ, काठमाडौं । नेपाली सेनाले जेनजीको समयमा लुटिएका वा हराएका हतियार, गोलीगट्ठा र सुरक्षा सामग्री नजिकैको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ।

सेनाले यस्ता सामग्री नबुझाएमा कानुनी कारबाही गरिने चेतावनी पनि दिएको छ। सेनाले ती सामग्रीको दुरुपयोग भई ठूलो क्षति हुन सक्ने भएकाले यसबारे जानकारी पाएमा सुरक्षा निकायलाई खबर गर्न र सम्बन्धित व्यक्तिलाई हतियार बुझाउन प्रेरित गर्न पनि अनुरोध गरेको छ।साथै, सेनाले सुरक्षा निकायको पोशाकको अनाधिकृत प्रयोग नगर्न पनि आग्रह गरेको छ।

 


सम्बन्धित समाचार