Logo

२५ भदौ, काठमाडौं । डडेल्धुरा कारागारमा बुधबार बिहान कैदीबन्दीले तोडफोड र आगजनी गरेर भाग्ने प्रयास गरेका छन् ।

यस क्रममा ८५ जना कैदीबन्दी फरार भएकोमा २६ जनालाई सुरक्षाकर्मीले पुनः नियन्त्रणमा लिएका छन् । कारागारका जेलर सन्तोष भट्टका अनुसार अहिले कारागारको स्थिति नियन्त्रणमा छ । तोडफोड र आगजनीबाट कारागारमा सामान्य क्षति पुगेको उनले बताए । अहिले नेपाली सेना, जनपद प्रहरी र सशस्त्र प्रहरीले कारागारको सुरक्षा गरिरहेका छन् ।

यस घटनापछि स्थानीय प्रशासनले डडेल्धुरामा कर्फ्यु आदेश जारी गरेको छ। कारागारमा कुल १ सय २७ बन्दीहरू कैद भुक्तान गरिरहेका थिए।


सम्बन्धित समाचार