Logo

२५ भदौ, काठमाडौं । पोखरामा आन्दोलनकारीले जलाएको घरमा एक महिलाको शव फेला परेको छ। यो घटना नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको निवासमा भएको हो।

मंगलबार आन्दोलनकारीहरूले गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको घर र व्यापारिक प्रतिष्ठानमा आगजनी गरेका थिए। यसै क्रममा उनका भाइ ध्रुव थापाको गाडी सोरुम र घर पनि जलाइएको थियो।

प्रहरीका अनुसार, आगजनी भएको घरको गाडी सोरुमभित्र जलेको अवस्थामा महिलाको शव भेटिएको छ। ती महिला सोही घरमा काम गर्ने कर्मचारी रहेको प्रहरीले पुष्टि गरेको छ।तर, उनको परिचयन भने खुल्न बााकी छ ।


सम्बन्धित समाचार