Logo

२५ भदौ, काठमाडौं ।  काभ्रेको धुलिखेलस्थित जिल्ला कारागारमा पनि आगजनी भएको छ।

आन्दोलनकारी कैदीहरूले आगजनी गरेपछि स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

आगलागी निभाउन दमकलको प्रयोग भइरहेको छ। कारागारभित्र रहेका २८३ कैदीहरूले बाहिर निस्कन पाउनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए, र सोही क्रममा उनीहरूले आगजनी गरेको बताइएको छ।


सम्बन्धित समाचार