Logo

२५ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले देशमा जारी रहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने कुरामा जोड दिएको छ।

आयोगले सबै पक्षलाई हिंसात्मक गतिविधिबाट टाढा रहन र संयमित हुन आग्रह गरेको छ। आयोगका प्रवक्ता डा.टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्योलबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ।

आयोगले दुई दिनको प्रदर्शन र त्यसपछिको निषेधाज्ञाका समयमा मानव अधिकारको अवस्था, मृतकका परिवार र घाइतेहरूको अवस्था बुझ्ने कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ।

आयोगले यो संकटको घडीमा स्थिति सामान्य बनाउन राज्यका सबै निकाय र आम नागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक रहेको भन्दै सम्बन्धित सबैलाई आ(आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेको छ। आयोगले आगामी दिनमा यस्ता घटना नदोहोरिने कुरामा विश्वास व्यक्त गरेको छ।


सम्बन्धित समाचार