Logo

२५ भदौ, काठमाडौं । जेनजी आन्दोलनका प्रतिनिधिहरूबीच अन्तरिम सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाममा सहमति जुटेको छ।

उनीहरूको खुला बैठकमा सहभागी ७ हजारभन्दा बढी मतदातामध्ये बहुमतले कार्कीको नाममा मतदान गरेका थिए । यससँगै जेनजीहरू अब उनको नाम लिएर राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्तामा जाने भएका छन् ।

बैठकमा जानकारी दिइएअनुसार, कार्कीसँग कुराकानीका लागि सागर ढकाललाई जिम्मेवारी तोकिएको छ। कार्कीले पनि जेनजीले चाहेमा नेतृत्व लिन आफू तयार रहेको बताएकी छिन्।

सैनिक स्रोतका अनुसार, यसअघि नै नेपाली सेनाले पनि उनलाई अन्तरिम सरकार प्रमुख बन्नेबारे छलफल गरेको थियो। करिब पाँच घण्टा लामो छलफलपछि जेनजीहरूले प्रारम्भिक १० नामहरूबाट मतदान गरी कार्कीको नाममा सहमति जुटाएका हुन्।


सम्बन्धित समाचार