Logo

२४ भदौ, काठमाडौं । जेन जी आन्दोलनकारीको प्रदर्शनका क्रममा देशभरका कारागार र हिरासतबाट १३ हजार ५ सय ७२ जना कैदीबन्दी फरार भएका छन् ।

यसबाहेक, ५६० जना थुनुवा पनि हिरासतबाट भागेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले दिएको जानकारीअनुसार, मंगलबार भएको तोडफोड र आगजनीको मौका छोपेर यी कैदीबन्दी र थुनुवाहरू भागेका हुन् ।

फरार भएकामध्ये कैदीबन्दीहरूको संख्या १३ हजार ५ सय ७२ र विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका थुनुवाहरूको संख्या ५६० रहेको बताइएको छ।


सम्बन्धित समाचार