६ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले देशभरका क्याम्पसहरूमा पठनपाठन छठ पर्वपछि मात्रै पुनः सुरु गर्ने निर्णय गरेको छ।
मुलुकमा विद्यमान ुअसामान्य परिस्थितिुका कारण पठनपाठन प्रभावित भएपछि विश्वविद्यालयले हिउँदे बिदाबाट कटौती हुने गरी थप बिदाको घोषणा गरेको हो। त्रिवि रजिस्ट्रारको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार, भदौ २९, ३०, ३१, असोज १, २ र ५ गते तथा कार्तिक ९ गते समेत गरी विश्वविद्यालयका सबै पठनपाठन कार्य बन्द रहनेछन्। कार्तिक १० गते छठ पर्व परेकाले अब नियमित पठनपाठन कार्तिक ११ गतेदेखि मात्रै सञ्चालनमा आउनेछ।
यो निर्णय जेनजी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण भएको जनाइएको छ।

















