Logo

२६ भदौ, काठमाडौं । अब बैंक र एटीएम सेवा दुवै खुल्ने भएका छन् । बैंकर्स संघले बिहीबारबाट बैंकहरू चार घण्टाका लागि खोल्ने निर्णय गरेलगत्तै राष्ट्र बैंकले पनि एटीएम चलाउन निर्देशन दिएको छ।

राष्ट्र बैंकले एक सूचना जारी गर्दै सबै बैंक, विकास बैंक, र फाइनान्स कम्पनीहरूलाई आफ्ना शाखा र एटीएमहरू खुला राख्न भनेको छ। राष्ट्र बैंकले सेवाहरू सञ्चालन गर्दा सुरक्षामा ध्यान दिन र डिजिटल भुक्तानीलाई पनि प्राथमिकता दिन सुझाएको छ।

बैंकर्स संघको निर्णयअनुसार आज बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंकहरू खुला रहनेछन् ।


सम्बन्धित समाचार