Logo

फाइल तस्वीर

२६ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले भीआईपी कक्ष बन्द गरेको छ। विमानस्थलले सूचना टाँसेर यो निर्णयबारे जानकारी गराएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुहरूलाई नियमित रुटबाटै प्रस्थान र आगमन गर्न आग्रह गरेको छ। प्राधिकरण स्रोतका अनुसार, काठमाडौंसहित विभिन्न सहरहरूमा असहज परिस्थितिका कारण रोकिएका सामान्य यात्रुहरूलाई प्राथमिकता दिन र अवस्था सामान्यीकरण गर्न सहज होस् भन्ने उद्देश्यले भीआईपी सुविधा बन्द गरिएको हो।

हाल त्रिभुवन विमानस्थलबाट सबै नियमित उडान र अवतरणहरू भइरहेका छन्।

 

 

 

 


सम्बन्धित समाचार