Logo

२६ भदौ, काठमाडौं । कैलालीकी २१ वर्षीया फेसन डिजाइनकी विद्यार्थी हेतल खत्रीको काठमाडौंको बाँसबारीस्थित एक होस्टेलमा शंकास्पद मृत्यु भएको छ।

परिवारले यो दुर्घटना नभई हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। भदौ २३ गते जेन-जी आन्दोलन चलेको दिन, हेतल दिउँसो मामाघरमा श्राद्धमा सहभागी भएर साँझ ६ बजेतिर होस्टेल फर्केकी थिइन् । राति ९ः३९ बजेतिर होस्टेलबाट उनलाई चक्कु लागेको खबर आएपछि उनका मामा मनोजकुमार भण्डारी तुरुन्तै न्युरो अस्पताल पुगेका थिए ।

मामाको दाबी र होस्टेलको बयानमा फरक

हेतलकी रूममेटले आन्दोलनका कारण गोली आउन सक्ने डरले झ्याल लगाउन जाँदा चिप्लिएर छातीमा चक्कु लागेको बयान दिएकी छिन्। तर, मामा भण्डारीले भने शरीरको अवस्था र घाउको प्रकृति हेर्दा यो दुर्घटना नभई हत्या भएको दाबी गरेका छन्।

उनका अनुसार, हेतलको शरीरमा तीन ठाउँमा चक्कु प्रहार भएको छ भने खुट्टामा पनि घाउ छ। सबैभन्दा शंकास्पद कुरा, चक्कु लागेको कपडा फेरिएको छ र घटनास्थलमा रगतको निशान छैन।

जाहेरी दर्ता र सामाजिक सञ्जालमा न्यायको माग

जेन(जी आन्दोलनका कारण नजिकको प्रहरी कार्यालय जलेकाले तत्काल पोस्टमार्टम हुन सकेको थिएन। बिहीबार, जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरी दर्ता गरिएको छ जसमा यो घटनालाई हत्या  भनिएको छ।

पढाइमा अब्बल र मिलनसार स्वभावकी हेतलको मृत्युलाई लिएर सामाजिक सञ्जालमा जस्टिज फर हेतल खत्रीु भन्दै न्यायको माग भइरहेको छ। परिवारले छिटोभन्दा छिटो निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गरेका छन्।


सम्बन्धित समाचार