Logo

फाईल फोटो

२६ भदौ, काठमाडौं । जेन-जी आन्दोलन चर्किएपछि देशका विभिन्न स्थानमा रहेका भाटभटेनी सुपरस्टोरहरूमा भीषण आगलागी भएको छ। चाडपर्वको मुखमा भएको यो आगलागीले अर्बौं रुपैयाँ बराबरको सामान जलेर नष्ट भएको छ।

व्यावसायिक क्षेत्रमा ठूलो धक्का

मंगलबारदेखि सुरु भएको आन्दोलनले सरकारी कार्यालयसँगै व्यावसायिक प्रतिष्ठानहरूलाई पनि निशाना बनाएको थियो। यसबाट भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई ठूलो क्षति पुगेको छ। देशभर रहेका भाटभटेनीका २७ वटा स्टोरमध्ये एउटा गोदामसहित ११ वटा स्टोरमा आन्दोलनकारीले आगो लगाएका छन्। आगो लागेका स्टोरहरूमा दुई दिन बितिसक्दा पनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन।

अरबौंको क्षति

भाटभटेनी प्रशासनका अनुसार, एउटा स्टोरमा मात्रै ४० देखि ५० करोड रुपैयाँसम्मको सामान रहेको अनुमान गरिएको छ। दशैँलाई लक्षित गरी सबै स्टोरहरूमा सामान भरिभराउ भएकाले क्षति अझै ठूलो हुन सक्ने बताइएको छ। भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानू पौडेलका अनुसार, क्षतिको यकिन विवरण आउन अझै दुई-चार हप्ता लाग्नेछ।

विराटनगर, इटहरी, दमक, हेटौँडा, पोखरा र उपत्यकाका केही शाखाहरूमा बिहीबारसम्म पनि आगो दन्किरहेको छ, जसले यो क्षति अपूरणीय रहेको देखाउँछ।


सम्बन्धित समाचार