Logo

२६ भदौ, काठमाडौं । नेपाल बीमा प्राधिकरणले हालै ‘जेन-जी’ आन्दोलनका कारण भएको सार्वजनिक र निजी सम्पत्तिको क्षतिका दाबी यथासम्भव छिटो र सहज तरिकाले फर्छ्यौट गर्न सबै निर्जीवन तथा लघु निर्जीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै प्राधिकरणले बिमितहरूलाई राहत प्रदान गर्न बीमा कम्पनीहरूलाई सक्रिय भूमिका खेल्न आग्रह गरेको छ । देशका विभिन्न स्थानमा भएको असहज परिस्थितिले अपूरणीय क्षति पुगेको उल्लेख गर्दै प्राधिकरणले बीमा कम्पनीहरूलाई बिमितको धनसम्पत्तिमा भएको क्षतिको विवरण साप्ताहिक रूपमा पेस गर्न पनि भनेको छ ।

प्राधिकरणको निर्देशनअनुसार, क्षति भएका बीमा दाबीहरूको विवरण प्रत्येक हप्ताको बुधबार अनिवार्य रूपमा प्राधिकरणलाई बुझाउनुपर्नेछ । यो पहलले बीमा कम्पनीहरूलाई छिटो काम गर्न दबाब दिँदै पीडितहरूलाई समयमै राहत पुगोस् भन्ने उद्देश्य राखेको छ।


सम्बन्धित समाचार