Logo

२७ भदौ, काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठनको विषयमा छलफल आज पनि जारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानसेनापति अशोक सिग्देलको समन्वयमा बिहीबार दिनभर र रातभर कार्कीसहित संविधानविद्हरूसँग बैठक गरेका थिए ।

तर संसद् विघटन गर्ने कि नगर्ने भन्ने विवादमा सहमति नजुट्दा छलफल निष्कर्षमा पुग्न सकेको छैन। स्रोतका अनुसार आज शुक्रबार बिहान ९ बजेदेखि पुनः बैठक बसेर अन्तिम निर्णय निकाल्ने तयारी भइरहेको छ ।

यद्यपि, सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री वा मन्त्रिपरिषद् अध्यक्ष बनाउने विषयमा प्रमुख राजनीतिक दलबीच प्रारम्भिक सहमति भइसकेको बताइएको छ। छलफलको केन्द्रमा संसद् विघटनको कानुनी प्रक्रिया र संवैधानिक प्रावधानलाई कसरी लागू गर्ने भन्ने विषय रहेको छ ।

राजनीतिक विशेषज्ञहरूले संसद् विघटनबिना नै कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएमा नेपालको संवैधानिक प्रक्रिया परीक्षणको सामना गर्ने संकेत भएको टिप्पणी गरेका छन् ।


सम्बन्धित समाचार
भर्खरै