Logo

२७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गरेकोमा कडा विरोध जनाएको छ।

शुक्रबार बसेको माओवादी पदाधिकारीको भर्चुअल बैठकले यो कदम संविधान, विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यताको विरुद्धमा रहेको भन्दै भर्त्सना गरेको हो । सरकार प्रमुख कार्कीले शपथग्रहणको तयारी गरिरहेका बेला माओवादीले यस्तो निर्णय गरेको हो ।

बैठकपछि सचिव देवेन्द्र पौडेलले भने, जनताको सर्वोच्च संस्था प्रतिनिधिसभा विघटन गरेर संविधान र विधिको शासन कुल्चेर गरिएको यो नियुक्ति हो। हाम्रो पार्टी यसको घोर भर्त्सना गर्छ।

माओवादीले संविधान र विधिको शासनमाथिको यो प्रहारविरुद्ध सम्पूर्ण जनतालाई विरोधमा उत्रन आह्वान पनि गरेको छ।


सम्बन्धित समाचार