Logo

२८ भदौ, काठमाडौँ । भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा स्वागत गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की शुक्रबार अन्तरिम प्रधानमन्त्री बनेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस कदमले नेपालमा शान्ति र स्थिरता प्रवर्द्धन गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेको हो।

विज्ञप्तिमा भनिएको छ, “हामी सुशीला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ। हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवर्द्धन गर्नेछ।”

भारतले नेपाललाई नजिकको छिमेकी, लोकतान्त्रिक मित्र तथा दीर्घकालीन विकास साझेदारको रूपमा उल्लेख गर्दै दुई देश र जनताको कल्याण तथा समृद्धिका लागि सहकार्यलाई निरन्तर अघि बढाइने जनाएको छ।


सम्बन्धित समाचार