Logo

२८ भदौ,वीरगञ्ज । वरिष्ठ पत्रकार तथा स्तम्भकार चन्द्रकिशोरलाई पितृशोक परेको छ। उनका बुवा राजेन्द्र झाको शनिबार ९२ वर्षको उमेरमा निधन भएको हो।

पछिल्लो समय पिसाबसम्बन्धी समस्याबाट पीडित झा वीरगन्ज–१४ स्थित छोरा चन्द्रकिशोरको निवासमै बस्दै आएका थिए। उपचारपछि घरमै राखेर स्याहार गरिँदै आएकोमा आज बिहान निधन भएको चन्द्रकिशोरले जानकारी दिए।

“पिसाब सम्बन्धी समस्या थियो, उपचारपछि वीरगञ्जस्थित घरमै राखेका थियौँ। विगत अढाई तीन महिनादेखि बुवाकै सेवामा म आफैँ लागेको थिएँ। आज उहाँको स्वर्गवास भयो,” चन्द्रकिशोरले दुःख व्यक्त गर्दै भने।

राजेन्द्र झा मधेस क्षेत्रका सामाजिक र सांस्कृतिक गतिविधिमा सक्रिय रहँदै आएका थिए। उनको निधनले वीरगञ्जमा शोकको वातावरण सिर्जना भएको छ। स्थानीय समाजसेवी, राजनीतिककर्मी तथा पत्रकार समुदायले झाप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना व्यक्त गरेका छन्।

दाहसंस्कार आजै वीरगञ्जमा सम्पन्न हुने परिवारले जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै