२९ भदौ, काठमाडौं । जनमत पार्टीले मधेस प्रदेश सरकारबाट मुख्यमन्त्री सतिशकुमार सिंहसहित तीनजना मन्त्रीलाई फिर्ता बोलाएको छ ।
संसदीय दलका नेता महेशप्रसाद यादवले एक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री सिंह, वन तथा वातावरणमन्त्री सञ्जय यादव र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री बसन्त कुशवाहालाई सरकारबाट फिर्ता बोलाइएको जानकारी दिए ।
मुख्यमन्त्री सिंहले हालै भएको जेनजी आन्दोलनका क्रममा फेसबुकमा राजीनामा दिएको घोषणा गरेका थिए। तर, पछि लिखित राजीनामा नदिएको भन्दै आलोचना भएपछि पार्टीले यस्तो कदम चालेको हो ।
जनमत पार्टीको नेतृत्वमा रहेको यस सरकारमा नेकपा (एमाले), नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० पनि सहभागी छन्।















