२९ भदौ, काठमाडौं । नेपालको नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान लैनचौरस्थित सहिदको प्रतिमामा माल्यार्पण गरेर पदभार ग्रहण गरेकी छन् ।
शुक्रबार साँझ जेनजी आन्दोलनको बलमा प्रधानमन्त्री पदको शपथ लिएकी उनले सहिदको प्रतिमामा माल्यार्पण गरेकी हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएअनुसार कार्कीले सिंहदरबारमा पुगेर आफ्नो कार्यभार सम्हालेकी छन्। पदभार ग्रहणलगत्तै उनले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी पनि गरेकी छिन्। यसले नेपालको राजनीतिक अस्थिरतालाई केही हदसम्म स्थायित्व दिने अपेक्षा गरिएको छ।




















