Logo

२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका कारण बन्द भएका काठमाडौं उपत्यकाका सामुदायिक र निजी विद्यालयहरू आजदेखि खुलेका छन् ।

आज शिक्षक तथा कर्मचारीले विद्यालय सरसफाइ गर्ने र भोलि देखि नियमित पठनपाठन सुरु हुने जनाइएको छ। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि विद्यालय खुलेको र भोलिबाट पढाइ सुरु हुने बताएका छन् । काठमाडौं महानगरपालिकाले पनि आज विद्यालय खोल्ने निर्णय गरेको थियो। निजी विद्यालय सञ्चालकहरूले पनि स्थानीय तहसँग समन्वय गरी विद्यालय खुलाएको जनाएका छन् । प्याब्सनका पूर्वअध्यक्ष डिके ढुंगानाका अनुसार, अवस्था सामान्य भएका स्थानहरूमा आजदेखि क्रमशः विद्यालय खुल्ने निर्णय गरिएको थियो।


सम्बन्धित समाचार
भर्खरै