Logo

२९ भदौ, हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा एक दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको छ।

राक्सिराङ गाउँपालिकाका अनुसार, भदौ २७ गते शुक्रबार राति एक अपरिचित व्यक्तिले घरमै प्रवेश गरेर यो जघन्य अपराध गरेको हो । गाउँपालिका अध्यक्ष राजकुमार मल्लले दिएको जानकारीअनुसार, ती महिलाको आर्थिक अवस्था कमजोर रहेको र उनी आफ्नो श्रीमान् र दुई महिनाको छोरासँग प्लास्टिकको छाप्रोमा बस्दै आएकी छिन्। अपराधीले महिलाका श्रीमानलाई बाँधेर बलात्कार गरेको बताइएको छ ।

पीडित महिलाले गाउँपालिकालाई घटनाबारे जानकारी गराएपछि उनलाई थप अनुसन्धान र परामर्शका लागि आज हेटौंडास्थित जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको छ । प्रहरी पनि घटनास्थलको एकान्त र जंगलको बाटोका कारण जान डराएकोले गाउँपालिकाले नै पीडितलाई सुरक्षित रूपमा सदरमुकामसम्म ल्याएको अध्यक्ष मल्लले बताए। महिलाको हाल महिला तथा बालबालिका सेवा केन्द्रमा परामर्श भइरहेको छ।


सम्बन्धित समाचार
भर्खरै