२९ भदौ, काठमाडौं । जेन–जी आन्दोलनपछि देशभरका कारागारबाट भागेकामध्ये ३,७२३ कैदीबन्दी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेका अनुसार, अझै १०,३२० कैदीबन्दी फरार छन् । प्रहरी, सेना र सशस्त्र प्रहरीको सहयोगमा फरार कैदीबन्दीहरूको खोजी भइरहेको छ । केहीलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर नेपाललाई बुझाएको छ भने केही आफैँ कारागार फर्किएका छन् ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि सूचना पाएमा नजिकको प्रहरी कार्यालयमा जानकारी दिन आग्रह गरेको छ।
हिरासतबाट पनि थुनुवा फरार
यसैगरी, प्रदर्शनका कारण मुलुकभरका प्रहरी हिरासतबाट भागेकामध्ये १३९ जना थुनुवा पक्राउ परेका छन्। तर, अझै २,१०० थुनुवा फरार रहेको प्रहरी प्रवक्ता घिमिरेले जानकारी दिएका छन्। फरार थुनुवाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।















