१ असोज, काठमाडौं । न्याय सेवा आयोगले रिक्त रहेका २१ जिल्ला न्यायाधीश पदका लागि विज्ञापन खुलाएको छ।
यसपटकको विज्ञापनमा सबैभन्दा महत्त्वपूर्ण परिवर्तन उत्तीर्ण हुनका लागि आवश्यक न्यूनतम अंक ५० प्रतिशतबाट घटाएर ४० प्रतिशत कायम गरिएको छ। यो निर्णय गत वर्षको परीक्षाको नतिजापछि उत्पन्न परिस्थितिलाई ध्यानमा राखेर गरिएको हो। गत वर्ष ९साउन २०८०० मा भएको परीक्षामा २११ जना परीक्षार्थीमध्ये एक जना मात्रै उत्तीर्ण भएका थिए। सो परीक्षामा अनुत्तीर्ण भएकाहरूलाई नै न्यायाधीश बनाइएको भन्दै न्याय परिषद्को चर्को आलोचना भएको थियो । आन्तरिक खुला ११ जना, खुला प्रतिस्पर्धाान ६ जना, समावेशी (महिला, आदिवासी/जनजाति, मधेशी) ४ जनाको माग गरिएको छ ।
विज्ञापन खुलेको मितिबाट ३० दिनभित्र दरखास्त दिन सकिनेछ। दरखास्त दस्तुर खुलाका लागि २ हजार र समावेशीका लागि थप ५ सय रुपैयाँ तोकिएको छ।
फाइल तस्बिर















