Logo

४ असोज,विराटनगर  । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले देशलाई वर्तमान राजनीतिक गतिरोधबाट निकास दिनको लागि अब आमनिर्वाचनमा जानु नै उचित विकल्प भएको बताएका छन्।

शुक्रबार विराटनगरस्थित कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले भने, “राष्ट्रपतिले संविधानलाई थोरै क्षति गरेर भए पनि देशलाई निकास दिनुभएको छ। अब चुनावमा जानुको विकल्प छैन।”

उनले नेपाली कांग्रेसका सम्पूर्ण कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आह्वान गरेका छन्।

डा. कोइरालाले कोइराला निवासले विगतमा लोकतन्त्र र गणतन्त्र स्थापनाका लागि खेलेको भूमिकाको स्मरण गर्दै भने, “कोइराला निवास जलेर पनि लोकतान्त्रिक पद्धति बसाल्न गरेको योगदान सदैव स्मरणीय रहनेछ। अब फेरि यहींबाट लोकतन्त्रको पक्षमा संघर्ष अगाडि बढ्छ।”

उनले कांग्रेस पार्टी अब कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीभित्र आवश्यक निर्णय लिने स्पष्ट पारे।

डा. कोइरालाले पार्टीभित्रको एकता र स्पष्ट रणनीति आवश्यक रहेको उल्लेख गर्दै कांग्रेसले आमनिर्वाचनलाई लक्षित गर्दै स्पष्ट कार्यदिशा तय गर्नुपर्नेमा जोड दिए। “जनतामा आशा जगाउन कांग्रेसले नयॉ सोच र योजना लिएर आउनुपर्छ,” उनले भने।


सम्बन्धित समाचार
भर्खरै