४ असोज, काठमाडौं । गाजा युद्धका कारण विश्वभरबाट आलोचना भोगिरहेको इजरायललाई अमेरिका ६ अर्ब डलरबराबरको हतियार बिक्री गर्ने भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले हतियार बिक्रीका लागि अनुमति दिइसकेको अन्तर्राष्ट्रिय समाचार संस्था एपीले जनाएको छ।
सम्झौताअनुसार इजरायलले अमेरिका बाट ३.८ अर्ब डलर मूल्यका ३० वटा एएच–६४ ‘अपाचे’ आक्रमणकारी हेलिकोप्टर प्राप्त गर्नेछ। साथै १.९ अर्ब डलरबराबरका ३,२०० वटा बख्तरबन्द सवारीसाधन पनि दिइने भएको छ।
उक्त हतियारको आपूर्ति प्रक्रिया दुईदेखि तीन वर्ष वा त्योभन्दा बढी समयपछि सुरु हुने जनाइएको छ।
यस सम्झौतालाई लिएर अन्तर्राष्ट्रिय समुदायबाट आलोचना हुनसक्ने देखिएको छ, विशेषगरी हाल इजरायलले गाजामा गरिरहेको सैन्य कारबाहीको सन्दर्भमा।

















