५ असोज,वीरगञ्ज । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको कार्यशैलीमा असन्तुष्टि जनाउँदै पार्टी छोडेका ६ जना नेताहरूले नयाँ अभियान सुरु गर्ने घोषणा गरेका छन्। उनीहरूले अब ‘युथ फर ने नेशन’ नामक युवाकेन्द्रित अभियान चलाउने भएका छन्।
पार्टी अध्यक्षको राजीनामा माग गर्दै असोज २ गते साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्ने ती नेताहरूमा उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा. शरदसिंह यादव, युवा संघका संजय कुमार यादव, स्वास्थ्यकर्मी संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बम रहेका छन्।
अभियानको उद्देश्यबारे जानकारी दिँदै डा. शरदसिंह यादवले जेनजी (न्भल श्) आन्दोलनबाट प्रेरित भएर युवाहरूको आवाज सुन्न देशभर जाने बताएका छन्। उनले तत्कालै नयाँ राजनीतिक दल खोल्ने योजना नरहेको तर युवाहरूलाई जोड्ने गरी बहस चलाइने जानकारी दिए।
यी नेताहरूले डा. राउत र उनका दाजु जयकान्तको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी छोडेको बताएका छन्। डा. यादवले, “हामी दल खोल्ने गरी अलग भएका होइनौं, हामी प्रवृत्तिको विरुद्धमा रहेर पार्टी छोडेका हौं,“ भन्दै आफ्नो कदम कुनै नयाँ राजनीतिक उद्देश्य नभई सुधारको माग रहेको प्रस्ट पारेका छन्।















