Logo

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबारको सट्टा लैनचौरस्थित केशरमहलमा आफ्नो पदभार ग्रहण गर्ने भएका छन् ।

जेनजी युवा आन्दोलनका क्रममा शिक्षा मन्त्रालयको भवनमा आगजनी भएपछि केशरमहलमा उनको कार्यकक्ष तयार गरिएको हो । आज दिउँसो २ बजे शीतल निवासमा शपथ ग्रहणको कार्यक्रम तय गरिएको छ । तर, मन्त्रीको पदभार सम्हाल्नुअघि नै पुनले सामाजिक सञ्जालमार्फत आफूलाई बधाई नदिन र खादा–माला लिएर नआउन आग्रह गरेका छन् । उनले आफ्नो फेसबुक पेजमा आफुलाई मन्त्री नभन्न र कसैलाई भन्न मन लागेमा कबाडी मन्त्री भन्न आग्रह गरेका छन् ।

पुनको यो भनाइले उनी परम्परागत राजनीतिक शैलीभन्दा फरक तरिकाले काम गर्न इच्छुक रहेको संकेत दिएको छ । वैज्ञानिक तथा आविष्कारकका रूपमा ख्याति कमाएका पुनले अब आजबाट शिक्षा मन्त्रालयको नेतृत्व गर्नेछन् ।


सम्बन्धित समाचार
भर्खरै