Logo

काठमाडौं, ६ असोज। अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहणको समय एक घण्टा पछि सरेको छ। यसअघि दिउँसो २ बजेका लागि तय भएको शपथ अब ३ बजे हुने भएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पाँच जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन्, तर अन्तिम समयमा आएर स्वास्थ्य मन्त्रीका लागि सिफारिस भएकी डा. संगीता मिश्रको नाम रोकिएको छ। उनीमाथि लागेका केही आरोपका कारण उनको नाम होल्ड’ गरिएको हो।

 


सम्बन्धित समाचार
भर्खरै