Logo

२७ फागुन, वीरगञ्ज । रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक परिवारका अनुसार गएको बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । ‘हिजो घरमा मृत्यु भएपछि हामीलाई खबर आयो । हामी पुगेर अनुसन्धान सोधपुछ थाल्यौ ।

परिवारजनले बुधबार साँझ कुटपिट भएको भन्यो । बुधबार बिहीबार प्रहरीलाई खबर गरेन । उपचारको लागि पनि लगिएन । अनुसन्धान गरिरहेका छौं,’ एसपी वीरबहादुर बुढामगरले भन्नभुायो । घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ ।

घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएको एसपी बुढामगरले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार