१२ असोज, काठमाडौं । नेपाल आयल निगमले दसैं लगायत सार्वजनिक बिदाका दिनहरूमा पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति सुनिश्चित गर्न १३ वटा डिपो र कार्यालय खुला राख्ने भएको छ।
आइतबार जारी विज्ञप्तिमा निगमले कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रादेशिक कार्यालयसँगै धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलका इन्धन डिपोहरू खुला रहने जनाएको छ।
दसैंको चहलपहल र सवारीसाधनको अत्यधिक प्रयोगका कारण इन्धनको माग वृद्धि हुने भएकाले निगमले आवश्यक स्थानीय आवश्यकताअनुसार सेवा निरन्तरता दिने तयारी गरेको हो।
यस व्यवस्था मार्फत सार्वजनिक बिदामा पनि इन्धन आपूर्तिमा कुनै असुविधा नहोस् भनी निगमले सुनिश्चितता दिएको छ।

















