Logo

१३ असोज, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमा प्रतिनिधिसभाको चुनाव गराउने सरकारको दृढ प्रतिबद्धता दोहोर्याउनु भएको छ। बडादशैंको अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उहाँले वर्तमान सरकार युवापुस्ताको अभूतपूर्व आन्दोलनको जगमा बनेको स्मरण गराउँदै, लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने दिशामा सरकारले गम्भीरता देखाउने बताउनुभएको हो।

प्रधानमन्त्री कार्कीले देशमा सुशासन, पारदर्शिता र जवाफदेही शासन प्रणाली निर्माण गर्न सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो। उहाँले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषीहरूलाई बडादशैंको अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना दिनुभएको छ।

यसैबीच, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री कार्कीले यस वर्ष टीका नलगाउने निर्णय गर्नुभएको छ। साथै, सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम पनि नराखिएको जनाइएको छ।

प्रधानमन्त्रीको यो निर्णय हालको राष्ट्रिय संवेदनशीलता र सामाजिक परिस्थिति सँग पनि जोडिएको हुनसक्ने संकेत गरिएको छ।


सम्बन्धित समाचार