Logo

१७ असोज, वीरगञ्ज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरस्थित पुलमुनि शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।

वडा कार्यालयदेखि करिब १०० मिटर पश्चिमतर्फ झलमहिया–भिस्वा जोड्ने पुलमुनि झलमहिया गाउँकै ३२ वर्षीय प्रकाश साह मृत भेटिएका हुन्। घटनास्थलमा भारतीय नम्बर प्लेट (वीआर २२ एएल १२७३) को होण्डा साइन मोटरसाइकलसहित उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

साहको मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार घटनास्थलमा इलाका प्रहरी कार्यालय पोखिरियाबाट प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान कार्य गरिरहेको छ ।

प्रहरीले घटनालाई शंकास्पद मान्दै थप विवरण संकलन भइरहेको र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाउने तयारी भइरहेको जनाएको छ।


सम्बन्धित समाचार
भर्खरै