Logo

१८ असाज, काठमाडौँ । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरू पूर्ण रूपमा स्थगित भएका छन् ।

शनिबार मध्याह्न साढे १२ बजेसम्म देशका विभिन्न गन्तव्यका २१ वटा उडान रद्द भएका छन् । विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले मौसममा सुधार नआएसम्म आन्तरिकतर्फका कुनै पनि उडानलाई अनुमति नदिने निर्णय भएको जानकारी दिएका छन् । यस निर्णयले गर्दा आन्तरिक यात्राको तयारीमा रहेका सयौँ यात्रुहरू विमानस्थलमै अलपत्र परेका छन्।


सम्बन्धित समाचार