Logo

फाइल तस्बिर

३० फागुन, वीरगञ्ज । पर्सामा ट्रयाक्टरले साइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका वडा नम्बर ३ गुलरियाकी ७२ वर्षीया महेसीया देवी हजराको मृत्यु भएको हो ।

पर्साको पटेर्वासुगौली गाँउपालिका ४ स्थित सडकमा हिजो दिउँसो मे. १ त ४८१७ नम्बरको ट्रयाक्टरले विपरित दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिएको थियो । साईकलमा पछाडि सवार हजराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकल चालक मृतक महेसियाका पति प्रसाद हजरा भने गम्भी घाइते भएका छन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

घटनापश्चात ट्रयाक्टर र चालक पर्साको कालीकामाई गाँउपालिका वडा नम्बर २ घर भएका ३२ वर्षिय महेन्द्र सहनीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता डिएसपी दीपक गिरीले जानकारी दिनुभयो ।


सम्बन्धित समाचार