Logo

२३ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा अवस्था सुदृढ पार्नका लागि प्रमुख सुरक्षा निकायहरुसँग बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा उच्चस्तरीय छलफल गरेका छन्।

छलफलमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका प्रतिनिधिहरू सहभागी थिए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन र काठमाडौंमा बढ्दो सुरक्षा चुनौतीहरूबारे विस्तृत समीक्षा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सुरक्षा संयन्त्रबीचको समन्वयलाई थप सुदृढ बनाउने उद्देश्यले गरिएको छलफलमा गृहमन्त्री अर्यालले हालको संवेदनशील परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए।

स्रोतका अनुसार, आगामी दिनमा हुन सक्ने राजनीतिक कार्यक्रम, संभावित प्राकृतिक विपद्, र राजधानीमा देखिएका सुरक्षा जोखिमहरूको मूल्याङ्कन गर्दै समन्वित रणनीति बनाउन सम्बन्धित निकायहरूलाई आग्रह गरिएको छ।


सम्बन्धित समाचार
भर्खरै